ओली भेट्न बालकाेट पुगे चिनियाँ राजदूत साेङ

काठमाडाैं, फागुन ५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत चेन सोङ बालकोट पुगेका छन्। शुक्रबार साँझ अध्यक्ष ओली भेट्न साेङ बालकाेट पुगेका हुन।
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकोटमा गएर भेटेको केहीबेरमै चिनियाँ राजदूत चेन सोङ पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका हुन्।
ओलीको सचिवालयका अनुसार शनिबार बिहान भेटधाटकाे तालिका तय भएपनि साेङ शुक्रबार नै बालकाेट पुगेका हुन।
‘शुक्रबार साँझ ६:३० बजेदेखि भेट भएको हो।’ सचिवालयले भन्यो।
उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।
यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच साढे २ घण्टा कुराकानी भएको थियो।
प्रकाशित मिति: २०:४४ बजे, शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










