Kathmandu Press

ओली सरकार जनवादी सत्ता स्थापनामा केन्द्रितः पौडेल

ललितपुर, पुस २५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जनवादी सत्ता स्थापना गर्न केन्द....

ओली सरकार जनवादी सत्ता स्थापनामा केन्द्रितः पौडेल

ललितपुर, पुस २५ : नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार जनवादी सत्ता स्थापना गर्न केन्द्रित भएको आरोप लगाएका छन्।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले शुक्रबार आयोजना गरेको ‘बृहत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका’ विषयक कार्यक्रममा पौडेलले सरकारमा जनवादी सत्ताको सोच हाबी भएको आरोप लगाएका हुन्।

‘लोकतान्त्रिक गणतन्त्रको न्यूनतम मापदण्ड समेत सरकारले पालना नगर्दा समग्र शान्ति प्रक्रिया जोखिममा पर्ने खतरा बढेको छ,’ उनले भने। गिरिजाप्रसाद कोइरालाको संगतका कारण लोकतान्त्रिक शक्ति बनेका कम्युनिष्ट पार्टीहरु नै अहिले लोकतन्त्रको धज्जी उडाउन लागि परेको पौडेलको आरोप छ।

सरकारले एकपछि अर्को गरी जनविरोधी विधेयक ल्याएर लोकतान्त्रिक व्यवस्था विपरीतको आचरण देखाएको भन्दै उनले कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध लड्नुको विकल्प नभएको बताए। कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध लड्नु पर्ने बेलमा पार्टीमा गुटगत राजनीति हाबी भएको तर्फ संकेत गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराए। 

फरक प्रसंगमा उनले विपी कोइरालाको सैद्धान्तिक अवधारणालाई व्यवहारमा उतार्ने काम गिरिजाप्रसाद कोइरालाले नै गरेको स्मरण गरे। अतिवादी राजनीतिको शान्तिपूर्ण अवतरणमा कोइरालाको भूमिकालाई सबैले उच्च मूल्यांकन गरेको पनि पौडेलले बताए।
 

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्