Kathmandu Press

वर्तमान सरकार धेरै दिन टिक्दैन : अध्यक्ष नेपाल

वर्तमान सरकार धेरै दिन टिक्दैन : अध्यक्ष नेपाल

गाईघाट, फागुन ५ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने बताएका छन।

शुक्रबार उदयपुरको गाईघाटमा कार्यकर्ता भेटघाटका क्रममा अध्यक्ष नेपालले निर्वाचनका बेला एउटा गठबन्धन बनेको र परिणाम आईसकेपछि अर्को अपवित्र गठबन्धन बनेको भन्दै गठबन्धनको सरकार अब धेरैदिन टिक्न नसक्ने बताएका हुन।

अध्यक्ष नेपालले गठबन्धन कै नेताहरुले गठबन्धन लामो समय नटिक्ने बताएको जिकिर गरे। उनले मुलुकको राष्ट्रिय राजनीति अत्यन्तै तरल अवस्थामा बगिरहेकोले यो कुनैपनि बेला जतापनि मोडिन सक्ने स्थितिमा रहेको बताए। नेपालको राजनैतिक आकाशमा अहिले कालोबादल मडारीरहेकोले संघीयता र संविधान माथिनै खतरा रहेको उनले बताए।

अध्यक्ष नेपाल मोरङ जिल्लाको लेटाङमा शनिबारदेखि सुरुहुने १ नम्बर प्रदेशस्तरीय साताब्यापी कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि मदनभण्डारी राजमार्ग हुँदै मोरङ जाने क्रममा गाईघाटमा पुगेका थिए।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्