Kathmandu Press

बालकोटबाट बाहिरिँदै प्रचण्डले भने– राष्ट्रपतिबारे एकदुई दिनमा टुंगो लाग्छ

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार पनि सहमतिमै टुंगो लाग्ने बताएका  छन् ।
बालकोटबाट बाहिरिँदै प्रचण्डले भने– राष्ट्रपतिबारे एकदुई दिनमा टुंगो लाग्छ
तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीको छलफल सकिएको छ । शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री र ओलीबीच दुई घन्टाभन्दा लामो छलफल भएको हो ।

छलफलबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलहरु मिलेर जाने निष्कर्षमा पुगेको बताए । गठबन्धन के हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गठबन्धन टुट्ने र भत्कने कुरै नभएको बताएका छन् ।  ‘गठबन्धन अहिले नि कायम नै छ, मिलेर नै अघि बढ्ने छौं, गठबन्धन छुट्नेरभत्कने कुरै छैन,’ उनले भने। 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको उम्मेदवार पनि सहमतिमै टुंगो लाग्ने बताएका  छन् ।‘ राष्ट्रपतिको पनि १/२ दिनमा सहमति मै टुंगो लाग्छ,’ उनले भने । 

सरकार गठनअघि एमालेले राष्ट्रपति र सभामुख लिने र माअ‍ोवादीले प्रधानमन्त्री सम्हाल्ने सहमति भएको थियो । सोही अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, नेपाली कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रधानमन्त्रीले राष्ट्रपति राष्ट्रिय सहमतिमा बनाउनुपर्ने बताउँदै आएका छन्। 

प्रधानमन्त्रीको अडानले एमालेभित्र संशय पैदा गराएको छ । अध्यक्ष अ‍ोलीले लगातारको भेटमा प्रधानमन्त्री प्रचण्डलाई पुस १० गतेको सहमति सम्झाउँदै आएपनि प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रिय सहमतिको अडानमा कायम रहँदै आएका छन् । 

शुक्रबार राष्ट्रिय जनमोर्चाका नेताहरुसँगको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति एमालेलाई नदिने बताएका थिए । 

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्