सबै जनसंगठनकाे सम्मेलन दुई महिनाभित्र : ओली
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचिन नयाँ नेतृत्वलाई शपथ गराउँदै अध्यक्ष ओलीले चैत्रभित्रै सबै जनसंगठनहरुको सम्मेलन गर्ने र त्यसको सुरुवात अनेरास्ववियुबाट भएको बताएका हुन्।
काठमाडाैं, फागुन ५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नभएका जनसंगठनका सम्मेलनहरु दुई महिनाभित्र गर्ने बताएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको निर्वाचिन नयाँ नेतृत्वलाई शपथ गराउँदै अध्यक्ष ओलीले चैत्रभित्रै सबै जनसंगठनहरुको सम्मेलन गर्ने र त्यसको सुरुवात अनेरास्ववियुबाट भएको बताएका हुन्।
उनले सम्मेलनहरु अनेरास्ववियु जस्तै लोकतान्त्रिक ढंगले हुने धारणा राखे। त्यस्तै ओलीले स्ववियु निर्वाचनमा एमालेको संगठनसंग टिक्न नसकेर जन्म भएको नेविसंघलाई पराजित गर्नेगरि तयारी गर्न निर्देशन दिए।
चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पसमा अनेरास्ववियुलाई बिजयी गराउने गरि तयारी गर्न पनि उहाले निर्देशन दिए।
झण्डै सात वर्षपछि भएको अनेरास्ववियुको निर्वाचनमा अध्यक्षमा समिक बडाल निर्वाचित भएका थिए। त्यस्तै संगठनको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित हुनुभएको छ भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)