Kathmandu Press

सरकारले फिर्ता लियो संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक 

सरकारले फिर्ता लियो संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक 

काठमाडौं, फागुन ५ : सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको जानकारी दिइन् । 

उनले आगामी  १० बजे  बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले नयाँ विधेयक पेस गर्ने जानकारी समेत दिएकी छन् । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुअघि उक्त विधेयक ल्याएका थिए । विधेयकमा संवैधानिक परिषद्का बहुमत सदस्यहरु (तीन जना) उपस्थित भएपनि बैठक बस्न सक्ने व्यवस्था गरिएको थियो । उक्त विधेयकबाटै ओलीले विभिन्न संवैधानिक निकायहरुमा धमाधम नियुक्त गरेका थिए । 

ओली पदच्युत भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त विधेयकलाई त्यसै राखेका थिए । प्रचण्ड सरकारको नेतृत्वमा आएपछि भने विधेयकलाई फिर्ता गरी नयाँ विधेयक ल्याउन लागेका हुन् । 

 

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्