Kathmandu Press

शिवरात्रिका दिन यस्ताे छ गाैशाला क्षेत्रकाे ट्राफिक व्यवस्थापन

गौशाला क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ भने सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
शिवरात्रिका दिन यस्ताे छ गाैशाला क्षेत्रकाे ट्राफिक व्यवस्थापन

काठमाडौं, फागुन ५ : भोलि (शनिबार) महाशिवरात्रिका दिन पशुपतिनाथको मन्दिरमा हुने भक्तजनको भिडलाई ध्यानमा राखेर ट्राफिक व्यवस्थापन मिलाइएको छ।

त्यसका लागि गौशाला क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ भने सवारी साधन पार्किङका लागि ६ ठाउँ तोकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सो कार्यालयका अनुसार पुरानो बानेश्वर, रातोपुल, कालोपुल, मित्रपार्क, चाबहिल गौरीघाट, तिलगंगा र सिनामंगल क्षेत्रबाट पशुपति क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

पार्किङका लागि सिफलचौर, गुहेश्वरी पारि, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा आँखा अस्पताल अगाडि र वनकानी क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ।

भक्तजन तथा सवारीसाधनको चापलाई ध्यानमा राखेर विभिन्न नाकामा आवश्यकताअनुसार डाइभर्सन गर्नुका साथै प्रवेशमा रोक लगाउन सकिने पनि ट्राफिक प्रहरीले जनाएको छ।  

Siva-Ratri-traffic-724x10241676630078.jpg

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्