Kathmandu Press

एमाले अध्यक्ष अ‍ोलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटघाट फेरि बाक्लिन थालेको छ । बिहीबार मात्रै बालुवाटार पुगेर ओलीले प्रचण्डसँग छलफल गरेका थिए । 
एमाले अध्यक्ष अ‍ोलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड
तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

शुक्रबार एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटस्थित उनकै निवासमा पुगेका हुन् । 

राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको भेटघाट फेरि बाक्लिन थालेको छ । बिहीबार मात्रै बालुवाटार पुगेर ओलीले प्रचण्डसँग छलफल गरेका थिए । 

भेटमा सरकारलाई पूर्णता दिने तथा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुँदै आएको छ । एमाले अध्यक्ष अ‍ोलीले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई पुस १० गतेको सहमतिका बारेमा सम्झाएका थिए । सहमति अनुसार एमालेको उम्मेदवार नै राष्ट्रपति बनाउनुपर्नेमा ओलीले निरन्तर दबाब दिँदै आइरहेका छन् । 

कांग्रेसले पनि सरकारलाई विश्वसको मत दिएपछि भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । ओलीसँगको पटकपटक भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बनाउनुपर्ने अडान कायम राख्दै आएका छन् । आज पनि सोही विषयमा छलफल केन्द्रीय हुनेछ ।  

राष्ट्रपतिका लागि फागुन १३ गते मनोनयन दर्ताको मिति तोकिएको छ । 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्