पृथ्वीजयन्ती र जनयुद्ध दिवसको बिदा पात्राेमा समावेश गर्ने सरकारकाे निर्णय
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा निर्धारण गर्नका लागि आगामी भदाैभित्र बिदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिइन्।
काठमाडाैं, फागुन ५ : सरकारले आगामी वर्षको भाद्र महिनाभित्र सार्वजनिक बिदाको पुनरावलोकन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा निर्धारण गर्नका लागि आगामी भदाैभित्र बिदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिइन्।
उनले पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरी वर्षका सबै बिदा क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने र २०८० साल भाद्रभित्र सार्वजनिक बिदाको पुनरावलोकन गरिने बताइन्।
बैठकले संसदमा संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन बिधेयक २०७९ फिर्ता लिने र छिटै यससम्बन्धी अर्को बिधेयक सदनमा पेश गर्ने निर्णय गरेको छ।
लगानी कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने बिषय तथा शर्त नेपाल राजपत्रमा प्रकाशित गर्न स्वीकृति दिने निर्णय भएको छ। बैठकले बर्डफ्लु रोग नियन्त्रणका क्रममा आर्थिक वर्ष २०७८/७९ मा प्रचलित कानून बमोजिम नष्ट गरिएका वस्तुहरुको लागि राहत प्रदान गर्ने गरिएको प्रवक्ता शर्माले बताइन्।
त्यस्तै मन्त्रीपरिषदले फाल्गुन १५ देखि १८ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई भाग दिन स्वीकृति दिने निर्णय गरेको छ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










