Kathmandu Press

भारतीय नागरिक मुखियाको हत्या अभियोगमा सात जना पक्राउ

चौतारा, पुस २५  :  एक भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ परेका छन्।

भारतको विहार घर भई पर्साको पोखरीया नगरपालिका–....

भारतीय नागरिक मुखियाको हत्या अभियोगमा सात जना पक्राउ
सांकेतिक

चौतारा, पुस २५  :  एक भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ परेका छन्।

भारतको विहार घर भई पर्साको पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज महानगरपालिका–११ का २७ वर्षीय प्रेम यादव, २७ वर्षीय भोला माझी साह, ५३ वर्षीय राजेश मेत्तर, ४८ वर्षीय राजन साह, ३५ वर्षीय अशोक साह, २५ वर्षीय विनोद पासवान र रुपन्देही तिलोत्तमा नपा–१२ का ३६ वर्षीय सन्तोष थापामगरलाई पक्राउ गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। 
 
फटकशीलाबाट पुस १७ गते ६ जना र  प्रेम यादवलाई पर्सा प्रहरीको सहयोगमा पुस २२ गते वीरगञ्जबाट पक्राउ गरिएको हो। हत्याका मुख्य अभियुक्त ठेकेदार समिर मियाँ फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

Hardik ivf

इन्द्रावती गाउँपालिका–५ लामाटोलका पूर्णबहादुर तामाङको घरमा ठेकेदार मियाँको टोलीले पुस ६ गते ढलान कार्य सकेपछि उनीहरु सबैले मादक पदार्थ सेवन गरेका र राति ११ बजे ना ७ त २०९५ नम्बरको ट्याक्टर चढेर मेलम्ची बजार झरेका थिए। 

बाटोमा विवाद परेपछि मुखियालाई कुटपिट गरी हत्या गरेका थिए। ठेकेदारकै मिलेमतोमा मेलम्ची नगरपालिका–१० फटकशीलाको चप्लेटा पाखा बगरमा शव फालेका थिए। उक्त ठाउँ आसपास दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

हत्याको नौ दिनपछि पुस १६ गते प्रहरीले शव बरामद गरेको थियो। हत्या भएको आशंकामा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्