सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक जारी
1671589386.jpg)
काठमाडौं, फागुन ५ : नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो ।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलको सन्दर्भमा सर्वोच्च अदालतमा परेको मुद्दाको विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो । बैठकमा संसदीय दलका सदस्यसहित कानुन व्यवसायीहरु पनि सहभागी छन् ।
कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसियसनका पदाधिकारीसँग परामर्श भइरहेको बताइएको छ ।
कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने दाबी गरिरहेको बेला अधिवक्ता विमल पोखरेलले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटबारे छलफल गर्न सर्वोच्चले दुबै पक्षलाई छलफल बोलाएको छ ।
यस विवादमा सर्वोच्चले सभामुख, संघीय संसद सचिवालय, नेपाली कांग्रेसको संसदीय दल, नेता शेरबहादुर देउवा र संवैधानिक परिषदलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । कांग्रेसले कानुन व्यवसायीको रायानुसार जवाफ पेस गर्ने गर्दैछ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










