Kathmandu Press

सांसद अरुणकुमार चौधरीको कैद मिनाहा प्रक्रिया अघि बढाइयाे

मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेपछि महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाको प्रक्रिया अघि बढाउको हो।
सांसद अरुणकुमार चौधरीको कैद मिनाहा प्रक्रिया अघि बढाइयाे

काठमाडौं, फागुन ५ : सरकारले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाइएको छ।

मन्त्रिपरिषदले फाइल राष्ट्रपति कार्यालयमा पठाउने निर्णय गरेपछि महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह मन्त्रालयले कैद मिनाहाको प्रक्रिया अघि बढाउको हो।

गृहले फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ। कैद माफी मिनाहाको अन्तिम निर्णय राष्ट्रपतिबाट हुन्छ।

राष्ट्रपति कार्यालयले यही फागुन ७  प्रजातन्त्र दिवस पारेर असल चालचलन भएका केही कैदीको कैद माफीमिनाहा गर्दैछ। सांसद चौधरी पनि कैदमुक्त भए सांसदको जिम्मेवारीमा फर्किनेछन्।

गृह मन्त्रालयले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएको हो।

सांसद चौधरी गत माघ १९ गते बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन्। चौधरी कैलाली २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।

ट्याक्टरमा आगो लगाएको आरोप लागेपछि जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला तोकिएको थियो। तर फैसला कार्यान्वयन भएको थिएन। 

प्रकाशित मिति: १४:१४ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्