Kathmandu Press

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल

काठमाडौं, पुस २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन्।  ....

मुलुक कस्तो बनाउने भन्ने कुरा शिक्षककै हातमा : मन्त्री पोखरेल

काठमाडौं, पुस २५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षकको हातमा नै मुलुक कस्तो बनाउने भन्ने रहेको बताएका छन्।  

माध्यामिक विद्यालय शिक्षक युनियन (हिस्टान)को शुक्रबार राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्दै उनले शिक्षाले नै मुलुकलाई कता जान्छ भन्ने रहेकाले शिक्षकले दिने शिक्षाले मुलुकलाई डोर्‍याउने बताए।  

“देश कता जान्छ भन्ने शिक्षाले नै निर्धारित गर्दछ, शिक्षा कस्तो दिने भन्ने शिक्षकको हातमा हुन्छ”, उनले भने, “जुन मुलुकमा विकासमा कायापलट भएको छ, त्यहाँ शिक्षकले राम्रो शिक्षा दिएका कारणले भएको छ,  हाम्रो देशमा पनि शिक्षकले गुणस्तरीय शिक्षा दिएर मुलुकको समृद्धिका लागि भूमिका खेल्नुपर्दछ।”

उनले एउटा शिक्षक शिक्षाका लागि मात्र शिक्षक भएकाले त्यो शिक्षकले शिक्षा सुर्धान मात्र आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताए। मन्त्री पोखरेलले शिक्षामा मात्रात्मक विकास भएकाले अब गुणात्मक शिक्षा प्रदान गर्न शिक्षकलाई आग्रह गरे। “गुणात्मक शिक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुहोस्, गुणात्मक शिक्षा दिएर शिक्षाको गुणस्तर शिक्षकले बढाउनुपर्दछ”, उनले भने।

मन्त्री पोखरेलले भर्खरै अस्थायी शिक्षकको समस्या समाधान गरेकाले अब द्वन्द्वपीडित शिक्षकका माग समाधान गर्न सरकार लागिपरेको समेत जानकारी दिए। शिक्षकको पक्षमा सरकार सधैँ रहेकाले शिक्षकका समस्या आपसी छलफलबाट समाधान गर्ने उनको भनाइ थियो। 

मन्त्री पोखरेलले भर्खरै ल्याइएको शिक्षानीतिका आधारका उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन र प्राविधिक ऐन ल्याउन थालेको समेत बताए। उनले शिक्षकका धेरै सङ्गठन भएकाले सरकारलाई काम गर्न समस्या परेकाले एउटै छाता सङ्गठन बनाउनसमेत आग्रह गरे। 

प्रकाशित मिति: १६:०६ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्