Kathmandu Press

बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित, नीति तथा योजना आयोगलाई पूर्णता

बागमती प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित, नीति तथा योजना आयोगलाई पूर्णता

काठमाडौं, फागुन ५ : बाग्मती प्रदेश सरकारले खर्च कटौतीको प्रस्ताव पारित गरेको छ । शुक्रबार बिहान बसको प्रदेश मन्त्रिपरिपषद्को बैठकले उक्त प्रस्ताव पारित गरेको हो । 

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव महेश आचार्यको संयोजकत्वमा बनेको कार्यदलले गत माघ २४ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले खर्च कटौती गर्ने तयारी गरेको हो ।

आजको बैठकले प्रदेशको नीति तथा योजना आयोगको सदस्यहरुमा डा. दिपेन्द्र श्रेष्ठ र डा.जयन्त खनाललाई नियुक्त गरेको छ । यससँग प्रदेशकाे नीति तथा याेजना आयोगले पूर्णता पाएकाे छ । 

त्यस्तै प्रदेश सरकारले निजामती कर्मचारी सम्वन्धी कानून निर्माणका लागि २ वटा प्रतिस्थापन विद्येयकहरु प्रदेशसभा बैठकमा लैजाने निर्णय समेत गरेको छ ।

बैठकले प्रदेश निजामती सेवाको गठन संचालन र सेवा सम्बन्धी प्रतिस्थापन विद्येयक र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धी प्रतिस्थापन विद्येयक संसदमा लैजाने निर्णय गरेको हो।
 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्