स्कटल्यान्डविरुद्धको खेलमा नेपाललाई २७५ रनको फराकिलो लक्ष्य
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए।
काठमाडौं, फागुन ५ : आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा स्कटल्यान्डले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २७४ रन बनाएको हो।
स्कटल्यान्डका लागि माइकल लिस्कले शतक बनाए। ८५ बल खेलेका माइकलले तीन चौका र ९ छक्का प्रहार गर्दै अविजित १०७ रन बनाए। अन्य ब्याट्सम्यानहरुको प्रदर्शन मध्यम रह्यो।
टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डका लागि ज्याक जर्भिसले २६ रन, क्रिस्टोफर मिक्ब्राइड र ब्रान्डन मिक्मुलेनले समान २२/२२ रन, कप्तान रिची बेरिंटन र तोमस म्याकिन्टोसले समान १९/१९ रन बनाए। त्यस्तै क्रिस ग्रिभेसले १६ रन बनाउँदा मार्क वाटले अविजित २० रनको योगदान गरे।
अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए। त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले समान एकएक विकेट लिए।
जारी प्रतियोगितामा नेपालले लगातार दोस्रो पटक फराकिलो लक्ष्य पछ्याउँदै छ। नामिबियाविरुद्ध २८६ रनको लक्ष्य पाएको खेलमा नेपाल विजयी भएको थियो।











-1790332718.jpg)