Kathmandu Press

चितवनमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

भरतपुर, पुस २५ :  चितवनको राप्ती नगरपालिका–६ हर्दीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्व....

चितवनमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
सांकेतिक

भरतपुर, पुस २५ :  चितवनको राप्ती नगरपालिका–६ हर्दीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ४६६० नम्बरको ट्याङकरले ३–०२–००५ प ४३४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।  

ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार गोरखाको भिमसेन थापा गाँउपालिका–४ का ३५ वर्षीय इन्द्रबहादुर तामाङ र सोही ठाँउका २५ वर्षीय सुगम तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने ट्यांकर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १५:४५ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्