Kathmandu Press

तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु

दमौली, पुस २५ : तनहुँको घिरिङ गाउँपालिका –३ मानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्।....

तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु

दमौली, पुस २५ : तनहुँको घिरिङ गाउँपालिका –३ मानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २४ जना घाइते भएका छन्।

शुक्रबार बिहान पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ स्थित थानीमाइमा अनियन्त्रित भएर सडकबाट खसेको थियो।

दुर्घटनामा घिरिङ गाउँपालिका–१ का २० वर्षीया मुना थापा र घिरिङकै वडा नम्बर ३ का ४२ वर्षीया नानीमाया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए। 

उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको र बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १५:३८ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्