नेकपा एमालेको ‘ग्रास रुट’ अभियान आजबाट, ओलीले भर्चुअल सम्बोधन गर्ने
एमाले अध्यक्ष केपी शर्मा ओली सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु हुने एमालेले जनाएको छ ।
काठमाडौं, फागुन ५ : नेकपा एमालेका ‘ग्रास रुट’ अभियान आजबाट सुरु हुने भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकको निर्णयअनुसार आजबाट ले ग्रास रुट अभियान सुरु हुन लागेको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरेपछि अभियान सुरु हुने एमालेले जनाएको छ ।
बैठकले अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियानअन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन् । जसअनुसार एक केन्द्रीय सदस्यलाई ३ वटा पालिकाको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










