Kathmandu Press

अबदेखि प्रतिनिधि सभाको बैठक सधैँ दिउँसो १ बजे 

“सभामुखले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ,” नियमावलीको परिच्छेद २ को (६) मा भनिएको छ, “तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन् ।”
अबदेखि प्रतिनिधि सभाको बैठक सधैँ दिउँसो १ बजे 

काठमाडौं, फागुन ५ : अबदेखि प्रतिनिधि सभाको बैठक सधैँ दिउँसो १ बजे बस्ने भएको छ । प्रतिनिधि सभा नियामावली मस्यौदा समितिले बैठकको सयम सामान्यतया दिउँसो १ बजेका लागि तोकिएको हो । 

“सभामुखले अन्यथा आदेश दिएमा बाहेक सामान्यतया १ बजे बैठक सुरु हुनेछ,” नियमावलीको परिच्छेद २ को (६) मा भनिएको छ, “तर, निर्धारित समयबाट एक घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा सभामुखले सो बैठक स्थगित गरी अर्को बैठक बोलाउनेछन् ।”

यसअघि नियमावलीमा दुई घण्टासम्म बैठक नबसे मात्र सूचना प्रकाशित गरेर अर्को बैठक बोलाउने व्यवस्था राखिएको थियो । 

यसअघि पनि नियमावलीले दिउँसो १ बजे नै नियमित बैठक बस्ने व्यवस्था गरेका थियो । तर, राजनीतिक दलहरूका कार्यक्रम तथा छलफलका विषयको संवेदनशीलताका आधारमा संसद् बैठक अन्य समयमा पनि बस्ने गरेका थिए । अहिले गरिएको व्यवस्थामा पनि सभामुखले बैठकको समय तोक्न सक्नेछन् । 

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्