Kathmandu Press

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं, फागुन ५ : जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

यही फागुन ७ गते शनिबार बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो । विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बैठक केन्द्रित हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते बस्ने उक्त बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाइएको छ । बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति: ०६:३० बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्