चुनावी खर्च समयमै नबुझाएका उम्मेदवारले तत्काल जरिवाना तिर्नु नपर्ने

काठमाडाैं, फागुन ४ : स्थानीय तह निर्वाचनमा निर्वाचित भएका र उम्मेदवारहरूले समयमै चुनावी खर्च नबुझाए पनि जरिवाना तिर्न नपर्ने भएकाे छ।
काठमाडौं महानगरपालिका मेयर बालेन शाहले दिएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले बुधबार जरिवाना तिराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
आयोगले निर्वाचन परिणाम आएको ३० दिनसम्म चुनावी खर्च नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो। आयोगको निर्णयमा फागुन मसान्तसम्म जरिवाना नतिरे स्वत: पद खारेज हुने उल्लेख थियो।
आयोगको त्यस्तो निर्णयले स्थानीय तहका विभिन्न पदमा निर्वाचित तथा उम्मेदवार भएका व्यक्तिहरूको भावी निर्वाचनमा सहभागी हुने योग्यता र निर्वाचन स्वतः बदर हुँदा जननिर्वाचित संस्थाहरु एवं प्रकारान्तरले प्रतिनिधित्वमूलक लोकतन्त्रमा समेत पर्न जाने देशव्यापी गम्भीर प्रतिकुल प्रभाव समेतलाई दृष्टिगत गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
आयोगले भदौ ३१ गते १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो।


![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










