नुवाकोटमा बस दुर्घटना हुँदा दुईको मृत्यु, २० घाइते

विदुर, फागुन ४ : नुवाकोटकाे विदुर नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ। बट्टारबाट तारकेश्वर गाउँपालिका– १ थानसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार अपरान्ह विदुर नगरपालिका– १२ चैनपुरमा दुर्घटना भएको हो ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मृतकको परिचय खुलेको छैन ।
घाइतेहरुको घटनास्थलबाट उद्धार गरी त्रिशूली अस्पतालमा उपचारको लागि ल्याइएको प्रहरीले जनाएको छ । सडकदेखि खसेको बस करिब ५० मिटर तल पुगेको छ ।
प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










