Kathmandu Press

लोकप्रिय नाराले मात्रै देश चलाउन सकिन्न : नेता सिंह

विजय स्मारक माध्यामिक विद्यालयको ६७औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगाएत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन्।
लोकप्रिय नाराले मात्रै देश चलाउन सकिन्न : नेता सिंह

काठमाडाैं, फागुन ४ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन्।

विजय स्मारक माध्यामिक विद्यालयको ६७औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस एमाले लगाएत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन्।

उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे। राजनीति लगाएत जुनसुकै क्षेत्रमा स्थापीत हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ।

त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गर्नुभयो। जनताले नै मिलिजुली सरकार बनाउने म्याण्डेड दिएको अवस्थामा दलहरु पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनले बताए।

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामू गरेका प्रतिवद्धताहरुलाई प्राथमिकतामा राखेको बताए। 

प्रकाशित मिति: १८:०१ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्