Kathmandu Press

महाशिवरात्रिका अवसरमा वाग्मती नदीमा प्राकृतिक बहाव बढ्ने

वाग्मती नदीको प्राकृतिक बहाव बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ मा निर्माण गरिएको जलाशययुक्त धाप ड्यामको उद्घाटन भएसँगै यस वर्षको महाशिवरात्रीमा बागमतीमा प्राकृतिक बहाव बढ्ने भएको हो।
महाशिवरात्रिका अवसरमा वाग्मती नदीमा प्राकृतिक बहाव बढ्ने

काठमाडाैं, फागुन ४ : यस वर्षको महाशिवरात्रिका अवसरमा काठमाडौको वाग्मती नदीमा प्राकृतिक बहाव बढ्ने भएको छ।

वाग्मती नदीको प्राकृतिक बहाव बढाउन काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ मा निर्माण गरिएको जलाशययुक्त धाप ड्यामको उद्घाटन भएसँगै यस वर्षको महाशिवरात्रीमा बागमतीमा प्राकृतिक बहाव बढ्ने भएको हो।

काठमाडौंको सुन्दरीजलबाट १८ किमि टाढा निर्माण गरिएको धाप ड्यामको बिहीबार उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले उदघाटन गरे।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट शिवरात्रिको अवसरमा बागमती नदिको बहाव बढाइने बागमती सुधार आयोजनाले जनाएको छ।

धाप ड्यामको उद्घाटन गर्दै लिङ्देनले ड्यामको निर्माणबाट बागमती सभ्यताको संरक्षण एवं बागमती सफाइका लागि उदाहरणीय काम भएको उल्लेख गरे। उनले धाप ड्याम जस्तै अर्को नागमती ड्याम छिटो सम्पन्न गर्न निर्देशन दिए।

त्यस्तै शहरी विकास मन्त्री विक्रम पाण्डेले धाप ड्याम जस्ता संरचना बनाउँदा बायो इन्जिनियरिङमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले बायो इन्जिनियरिङमा ध्यान दिन नसके जलाशययुक्त धाप ड्याम दीर्घकालीन नहुने धारणा राखे।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र रहेको जलाशयमा नै धाप ड्याम निर्माण गरिएको हो। जलाशयमा वर्षाको पानी संकलन गरिनेछ।

मुख्य बाँधको उचाइ २४ मिटरको रहेको छ भने जलाशयमा ८ लाख ५० हजार घनमिटर पानी सञ्चय गर्न सकिनेछ। आयोजनाको जलाशयबाट बाह्रै महिना बागमती नदीमा खसाल्न सकिने भए पनि हाल आवश्यकता अनुसार वाग्मतीमा पानी खसालिने बागमती सुधार आयोजनाले जनाएको छ। 

rajendra lingden_Moment1676547298.jpg

rajendra lingden_Momentलतनत्रत1676547299.jpg

rajendra lingden_Moment तभबजलत्रबभत1676547298.jpg

pani 1231676547297.jpg

bikram pande1676547297.jpg

pani1676547297.jpg

rajendra lingden 1676547297.jpg

प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्