Kathmandu Press

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते बस्ने

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते बस्ने
फाइल तस्बिर

काठमाडौं, फागुन ४ : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते शनिबार बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा विधान अधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ।

विभिन्न पार्टीसँग भइरहेको एकता प्रयासका साथै समसामयिक राजनीतिक एजेन्डामा पनि बैठक केन्द्रित हुने बताइएको छ।

गत मंसिर ४ मासम्पन्न निर्वाचनमा अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने एजेन्डा पनि तय गरिएको एक नेताले बताए। 

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्