Kathmandu Press

उद्धव पौडेल राप्रपा उपाध्यक्षमा मनोनीत

उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि छन्।
उद्धव पौडेल राप्रपा उपाध्यक्षमा मनोनीत

काठमाडौं, फागुन ४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेता उद्धव पौडेललाई उपाध्यक्षमा मनोनीत गरेको छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज (बिहीबार) अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेका हुन्। उनी पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य पनि छन्।

पौडेल मनोनीत भएसँगै राप्रपामा उपाध्यक्षको संख्या ८ पुगेको छ। गत वर्ष पार्टी विभाजनमा कमल थापालाई साथ दिएका पौडेल पछि फेरि राप्रपामै फर्किएका थिए।

यसअघि नेपालका राप्रपा नेपालमा कोषाध्यक्ष तथा आर्थिक विभाग प्रमुख रहेका पाडेल सो पार्टीले राजसंस्थालाई प्रमुख एजेन्डा नबनाउने भएपछि पुरानै पाटीृमा फर्किएका थिए।

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्