Kathmandu Press

सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भण्डारीलाई दिउँसो २ बजे एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको हो ।
सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं, फागुन ४ : ग्यास सिलिन्डर पड्किएर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भण्डारीलाई दिउँसो २ बजे एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको हो ।

उनको उपचार टिममा डा।प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस), दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर छन्। 

बुधवार राती बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर पडकिएर घाइते भएका भण्डारीको कीर्तिपुर वर्न अस्पतालमा उपचार गरिएको थियो । कीर्तिपुरमा उपचार सम्भव नभएपछि उनलाई मुम्बई लगिएको हो ।

ग्यास सिलिन्डर पड्किएर घाइते भएकी भण्डारीकी आमा हरिकलाको भने बिहीवार निधन भएको छ  ।

प्रकाशित मिति: १४:३७ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्