Kathmandu Press

गाेंगबु घटनाबारे छानबिन गर्न डिआइजी खाँको नेतृत्वमा पाँच सदस्यीय समिति

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी उग्र बन्यो र त्यति धेरै क्षति भयो भन्ने विषयमा समितिले जाँचबुझ गर्ने जनाइएको छ।
गाेंगबु घटनाबारे छानबिन गर्न डिआइजी खाँको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, फागुन ४ : यातायात व्यवसायीले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, ल्होत्से मलमा भएको लुटपाट र तोडफोड, प्रहरीतर्फबाट भएका कमजोरीबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय नक्सालले डिआइजीको संयोजकत्वमा समिति गठन भएको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी मसउद आलम खाँको नेतृत्वमा बनेको पाँच सदस्यीय छानबिन समितिमा उपत्यका प्रहरी कार्यालयकै एसएसपी हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र डीएसपी खुमलाल भुसाल सदस्य छन्।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी उग्र बन्यो र त्यति धेरै क्षति भयो भन्ने विषयमा समितिले जाँचबुझ गर्ने जनाइएको छ।

प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त बालाजुका दुई गाडीमा तोडफोड र आगजनी भएको थियो। अरु सार्वजनिक सम्पत्तिमा पनि क्षति पुगेको थियो। उग्र भिडले  ल्होत्से मलमा भएको लुटपाट र तोडफोड गरेको थियो।

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्