Kathmandu Press

सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत दिउँसो २ बजे मुम्बई लगिने 

भण्डारीले भने उपचारका लागि विदेश जान अस्वीकार गरेका थिए । तर, पार्टीका नेताहरुले आग्रह गरेपछि उनी उपचारका लागि भारत जान तयार भएका हुन् । 
सांसद भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत दिउँसो २ बजे मुम्बई लगिने 

काठमाडौं, फागुन ४ : नेपाली कांग्रेस तथा सांसद चन्द्र भण्डारीलाई आज दिउँसो उपचारका लागि भारतको मुम्बई लगिने भएको छ । आज दिउँसो २ बजेपछि भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत मुम्बई लगिने भएको हो । 

बुधबार राती ग्यास सिलिन्डर विस्फोटपछि आगलागी हुँदा भण्डारी र उनकी आमा गम्भीर घाइते भएकी थिइन्। आमा हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ । 

सांसद भण्डारीको स्वास्थ्य अवस्था पनि जटिल रहेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बईमा रहेको नेशनल बर्नस् सेन्टरमा लगिने स्वास्थ्य मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ । 

स्वास नलीमा जलनले असर र सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले बताएका छन् ।  

भण्डारीले भने उपचारका लागि विदेश जान अस्वीकार गरेका थिए । तर, पार्टीका नेताहरुले आग्रह गरेपछि उनी उपचारका लागि भारत जान तयार भएका हुन् । 

प्रकाशित मिति: १३:३३ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्