ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भएकी सांसद भण्डारीकी आमाको निधन
बिहीबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा भण्डारीकी आम हरिकलाको निधन भएको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौं, फागुन ४ : गएराती खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा गम्भीर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
बिहीबार बिहान कीर्तिपुर अस्पतालमा उपचारको क्रममा भण्डारीकी आम हरिकलाको निधन भएको अस्पतालले जानकारी दिएको छ ।
सिलिन्डर विस्फोटमा परेका सांसद भण्डारीको स्वास्थ्यअवस्था पनि गम्भीर रहेको अस्पतालले जनाएको छ । उनलाई उपचारका लागि देशबाहिर लैजान समेत अस्पतालले सिफारिस गरिसकेको छ । अहिले आइसियुमा राखेर भण्डारीको उपचार हुँदैछ ।
उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।
प्रकाशित मिति: ११:५९ बजे, बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










