Kathmandu Press

भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा र सभामुख घिमिरे अस्पतालमा 

कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेले सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।
भण्डारीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा र सभामुख घिमिरे अस्पतालमा 

काठमाडौं, फागुन ४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे कीर्तिपुर अस्पताल पुगेका छन् । 

कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सभापति देउवा बिहीबार बिहान अस्पताल पुगेका हुन् । लगत्तै प्रतिनिधि सभाका सभामुख घिमिरेले पनि अस्पताल पुगेर भण्डारीको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका हुन् । 

घिमिरेले भण्डारीको उपचारमा कुनै कमि हुन नदिन र संवेदनशील हुन निर्देशन दिएका छन् । बुधबार राती वुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारीको आमा छोरा घाइते भएका थिए।  उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।

 

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्