चन्द्र भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं, फागुन ४ : नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी र उनकी आमालाई थप उपचारका लागि भारत लगिने भएको छ । बुधबार साँझ ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएका थिए ।
घाइते भएका दुबै जनाको उपचार र्कीर्तिपुर अस्पतालमा भइरहेको छ । बिहीबार बिहान अस्पतालले विज्ञप्ति जारी गर्दै नेपालमा उपचार सहज नहुने भएकाले दुबै जनालाई देश बाहिर लगि उपचार गर्न सिफारिस गरिएको जनाएको छ ।
अस्पतालका अनुसार नेता भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमा ८७ वर्षीय हरिकला भण्डारीको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार उपचारका लागि भारत लैलानेबारे छलफल भइरहेको छ । भण्डारीको घरमा गएराति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट भएको थियो ।
प्रकाशित मिति: ११:१२ बजे, बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










