Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गर्न लागेका चर्चा सुनिन थालेपछि एमाले अध्यक्ष ओली बिहीबार बिहान बालुवाटार पुगेका हुन् । 
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौं, फागुन ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका हुन् । 

भेटमा समसामयिक राजनीतिक परिस्थिती, सत्ता गठबन्धन र सरकारको कामकारबाहीका विषयमा छलफल भएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । 

त्यस्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने र राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल भएको बताइएको छ । 

राष्ट्रपतिलाई लिएर पछिल्लो समय नेकपा एमाले सशंकित भएको छ । माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने अडान नछाडेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग लगातार छलफल गर्दै आएका छन् । 

माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गर्न लागेका चर्चा सुनिन थालेपछि एमाले अध्यक्ष ओली बिहीबार बिहान बालुवाटार पुगेका हुन् । 

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्