Kathmandu Press

अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा तीन जनाको उम्मेदवारी

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार केहीबेरमा मतदान हुनेछ ।  ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने । 
अनेरास्ववियुमा नयाँ नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं, फागुन ४ : नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।

अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईका अनुसार केहीबेरमा मतदान हुनेछ ।  ‘चुनावका लागि निर्वाचन आयोगलाई जिम्मा लगाइसकेका छौँ’ अध्यक्ष मण्डलका सदस्य भट्टराईले भने । 

बडाल नेतृत्वको पूर्वकमिटी भंग गरेर एमाले नेता  भानुभक्त ढकालको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको थियो, जसले बन्दसत्र र निर्वाचनको प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्वको घोषणा गर्नेछ । 

अध्यक्ष मण्डलको सदस्य तथा निवर्तमान अध्यक्ष सुनिता बरालका अनुसार महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ भने जसअनुसार उपाध्यक्ष चारजना र सचिव १० जना चयन हुनेछन् । जारी  महाधिवेसनले १५–१५ सदस्यीय तीनवटा आयोग पनि गठन गर्नेछ । 

मंगलबारबाट नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आइतवार सुरु भएको हो महाधिवेसन आजसम्म चल्नेछ । 

प्रकाशित मिति: ०८:१३ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्