Kathmandu Press

नेकपा एसका नेता खनाल आज भारत जाँदै 

उक्त क्रममा भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।
नेकपा एसका नेता खनाल आज भारत जाँदै 

काठमाडौं, फागुन ४ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल आज भारत जाँदैछन्। 

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनमा सहभागी हुन भारत जान लागेको नेता खनालले बताए। उनी आज विहान १० बजे बुद्ध एयरको उडानबाट दुई दिनका लागि भारतको पटना जाने छन् । 

उक्त क्रममा भारतीय कम्युनिस्टका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको खनालको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्