Kathmandu Press

सामान्यतया मौसम सफा रहने

अहिले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।
सामान्यतया मौसम सफा रहने

काठमाडौं, फागुन ४ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव  छैन। 

अहिले प्रदेश १ लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, फागुन ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्