ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी र आमा घाइते
गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएको नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले बताए ।
काठमाडौं, फागुन ४ : खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा सांसद चन्द्र भण्डारी घाइते भएका छन् ।
गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उनकी ८६ वर्षीया आमा घाइते भएको नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले बताए ।
घाइते दुवै जनाको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।
प्रकाशित मिति: ०७:३३ बजे, बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)