नयाँ बसपार्क क्षेत्रकाे लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडाैं, फागुन ३ : प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार पत्रकार सम्मेलन गर्दै सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा दैलेख भगवती गाँउपालिका घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही खैरेनी घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा शिवसताक्षी घर भई स्वयम्भु बस्ने प्रदीप बस्नेत रहेका छन् ।
पक्राउ परेकाहरुबाट डिजिटल घडी, एयरफोन, केहि थान मोवाइल एनटिसी र एनसेलको ४ हजार बराबरको रिचार्ज कार्ड लगायत वरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
त्यस्तै आन्दोलनका क्रममा प्रहरीको भ्यान आगजनीका साथै प्रहरी विट तोडफोड गर्ने ५ जनालाई पनि पक्राउ गरिएको कार्कीले बताए। आगजनीका कारण प्रहरीका दुई वटा गाडीमा क्षति भएको र गाडीभित्र रहेको विभिन्न सामाग्री जलेर पूर्ण रुपमा नष्ट भएको उनले बताए। उनले नेपालमा विशिष्ट व्यक्तिको आगमन भएकोले पनि प्रहरीले संयमता अपनाएको बताए।

लुटपाटका घटनामा पक्राउ परेकाहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट ४ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य संदिग्ध व्यक्तिहरुलाई नियन्त्रणमा लिई थ स्क्रिनिङ्ग गर्ने कार्य भइरहेका प्रहरीले जनाएको छ ।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










