नदी उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर हत्या
जनकपुरधाम, पुस २५ : धनुषामा नदीमा अवैध उत्खननको विरोध गर्दै आएका एक युवकको टिपरले किचेर हत्या गरिएको छ।
शुक्रबार बिहान धनुषाको मिथिला न....

जनकपुरधाम, पुस २५ : धनुषामा नदीमा अवैध उत्खननको विरोध गर्दै आएका एक युवकको टिपरले किचेर हत्या गरिएको छ।
शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिकामा २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको हो। स्थानीय औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै उनको नदीमै टिपरले किचेर हत्या गरिएको स्थानीय वासिन्दाले बताए।
मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपले घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरिएको ढल्केबगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। दिलीपलाई समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको प्रहरी निरीक्षक यादवले बताए।
साथीभाइसँगै आज बिहान मर्निङवाक गएका दिलीपको उत्खनन्मा संलग्न व्यक्तिहरुले हत्इा गरेको स्थानीय वासिन्दाले बताए।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीयवासिन्दाले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। हत्यामा संलग्न व्यक्तिलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्।
हत्या गरिएका दिलीपको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताए।










![वर्षाले काठमाडौंको जनजीवन प्रभावित [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_07534b11-1793336095.jpg)
