Kathmandu Press

निर्मला कुर्मी प्रकरण : तीनबुँदे सहमतिपछि धर्ना स्थगित

नेपाल सरकारसँग तीन बुँदे सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिए।
निर्मला कुर्मी प्रकरण : तीनबुँदे सहमतिपछि धर्ना स्थगित

काठमाडाैं, फागुन ३ : नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि गरिएको आन्दोलन स्थगित भएको छ।

नेपाल सरकारसँग तीन बुँदे सहमति भएपछि तेस्रो चरणको धर्नासहितको आन्दोलन स्थगित गरिएको आन्दोलनरत रुवी खानले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहसचिव विनोद प्रकास सिंह र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहसँग हिजो भएको छलफलका आधारमा आज तीन बुदेँ सहमति भएको हो।

आन्दोलनरत पक्षधरले माइतीघरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा न्यायिक आयोग गठन गर्नुपर्ने, घटनाको छानबिन उक्त आयोगले नै गर्नुपर्ने प्रमुख माग राख्दै आन्दोलन स्थगित गरिएको खानले जानकारी दिनुभयो।

उनले भने, 'कुर्मी त एउटा उदारहरण मात्र हुन्। माग कार्यान्वयन नहुँदासम्म हाम्रो आन्दोलन जारी रहने छ।'

सहमतिमा निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२ बमोजिम मुद्दा चलाइने उल्लेख छ।

आन्दोलनरत पक्षले अनुसन्धान प्रक्रियाको समीक्षा गर्ने गरी न्यायिक जाँचबुझ आयोग गठनको मागलाई यथावत राख्दै हाललाई आन्दोलन स्थगित गरेको जनाएको छ। 

घरेलु हिसांपीडित महिलाको न्यायका लागि माग गर्दै नेपालगञ्जदेखि पैदलयात्रा गरेर काठमाडौँ आएका खानसहितका व्यक्तिले माइतीघरमा गएको ४८ दिनदेखि धर्ना दिइरहेका थिए।

प्रकाशित मिति: १५:४३ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्