बालकोटमा हतारहतार बनेकाे गठबन्धन आज आफ्नै कारणले तितरिबतर : प्रदीप पौडेल
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गठबन्धन कांग्रेसकाे कारण नभइ आफ्नै कारणले तितरिबतर हुन थालेको बताए।
काठमाडाैं, फागुन ३ : कांग्रेस सांसद प्रदीप पौडेलले बालकोटमा हतारहतार प्रसाद थाप्न बनेको गठबन्धन आज तितरबितर भएको उनले बताएका छन्।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गठबन्धन कांग्रेसकाे कारण नभइ आफ्नै कारणले तितरिबतर हुन थालेको बताए।
‘जसपा किन सरकारमा गएन? नाउपा किन सरकारमा गएन? कांग्रेसले ढोक्सा थापेर हो?’ उनले भने, 'राप्रपाका मन्त्रीहरुलाई प्रधानमन्त्रीले संसदबाट चेतावनी किन दिनुपर्यो? कांग्रेसले षड्यन्त्र गरेर? रास्वपा किन सरकारबाट बाहिरियो? कांग्रेसले बाला देखाएर फकाएर?’ उनले भने।
स्थिरताको पक्षमा रहेको कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्कियोस् भन्ने चाहना नराखेको पनि उनले बताए। ‘गठबन्धन भत्काउन हामीले कुनै प्रयास गरेका पनि छैनौं,’ उनले भने ‘सुदूरपश्चिममा गठबकन्धन भत्कियो। त्यो गठबन्धन कांग्रेसले गरेर भत्किएको हो कि गठबन्धन जगैदेखि हल्लिएर भत्किएको हो? हामी प्रश्न गर्न चाहन्छौं।’
ओलीले कांग्रेसको लोकतन्त्र भन्दै प्रश्न खडा गरेको उल्लेख गर्दै उनले भने, ‘तमाम कमजोरी होलान् तर एमालेको तुलनामा कांग्रेस मूल्यमान्यता बोकेको पार्टी हो।
गएको संसदीय दलको निर्वाचनमा आफूले पार्टी सभापतिलाई मत नदिएको, पुस्तान्तरणको पक्षमा उभिएको उल्लेख गर्दै उनले भने, ‘तर मलाई मेरो सभापतिले शत्रुतापूर्ण व्यवहार गर्नुहुन्न।’ उनले ओलस्सँग प्रश्न गरे, ‘तपाईंको पार्टीमा भीम रावल कहाँ हुनुहुन्छ? घनश्याम भुसाल कहाँ हुनुहुन्छ?
संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक हुँदा सातआठ जनाको उपस्थिति भए पनि अहिले चारजनामा सीमित भएको उनले बताए। ‘हामी आग्रह गर्न चाहन्छौं, अहंकारले देश बन्दैन, मुलुकको परिस्थिति सम्हालिँदैन।’ उनले ओलीलाई लक्षित गरेर भने, ‘प्रधानमन्त्रीभँदा माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको छ आज किन सुस्त भयो? किन बालुवाटार र बालकोटको दौड एकदमै व्यापक बनेको छ?
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










