Kathmandu Press

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने सांसद चाैधरीकाे चेतावनी 

उनले टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई कानुन संशोधन गरेर भएपनि छाड्न माग गरे।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे संसद चल्न नदिने सांसद चाैधरीकाे चेतावनी 

काठमाडौं, फागुन ३ : नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद चौधरीले आयोगको प्रतिवेदन सार्वजनिक नगरिए सदन चल्न नदिने चेतावनी दिएका छन् ।

‘हामीले पटक पटक लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नका लागि प्रधानमन्त्रीसँग रुलिङ गर्यौं। तर, प्रधानमन्त्रीको कुनै धारणा आएन। हाम्रो माग सनुवाइ नभएमा हामी संसद अबरुद्ध गर्न बाध्य हुन्छौं। हामी चुप लागेर बस्दैनौं।’

उनले टीकापुर घटनाको आरोपमा थुनामा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई कानुन संशोधन गरेर भएपनि छाड्न माग गरे।
 
जसपा, लोसपाले पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै आएका छन् ।टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्