Kathmandu Press

भौतिक मन्त्रालयका २० कर्मचारीको सरुवा, सडक विभागका महानिर्देशक मन्त्रालय तानिए (सूचीसहित)

सडक विभागको महानिर्देशकमा एडिबी आयोजना निर्देशनालयका आयोजना निर्देशक सुशिल बाबु ढकाललाई पठाइएकाे छ।
भौतिक मन्त्रालयका २० कर्मचारीको सरुवा, सडक विभागका महानिर्देशक मन्त्रालय तानिए (सूचीसहित)

काठमाडौं, फागुन ३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयअन्तर्गतका २० कर्मचारीको सरुवा गरेको छ । 

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यायतायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै २० कर्मचारीहरुको  सरुवा पदस्थापन तथा काज गरेका हुन् । 

मन्त्री श्रेष्ठले सडक विभागका महानिर्देशक अर्जुनजंग थापालाई मन्त्रालय तानेका छन् । उनले सडक विभागको महानिर्देशकमा एडिबी आयोजना निर्देशनालयका आयोजना निर्देशक सुशिल बाबु ढकाललाई पठाएका छन् ।

त्यस्तै विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका रामहरी पोखरेललाई उपमहानिर्देशको जिम्मेवारीमा निरन्तरता दिएर विकास सहायता कार्यान्वयन महाशाखाबाट योजना तथा अनुगमन महाशाखामा पठाइएको छ ।

विभागका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठको एडीबी आयोजना निर्देशनालयमा आयोजना निर्देशकमा काज गरिएको छ । यस्तै डा। विजय केसीलाई सडक विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: १०:५३ बजे, बुधबार, फागुन ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्