Kathmandu Press

काठमाडौंबाट ठूलो परिमाणमा लागुऔषध बरामद, ६ जना पक्राउ

काठमाडौंबाट ठूलो परिमाणमा लागुऔषध बरामद, ६ जना पक्राउ

काठमाडौं, फागुन २ : नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरोले ठूलो मात्रामा लागू औषधसहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नियन्त्रित लागू औषध २० हजार ३ सय एम्पुल र १२ हजार ९ सय ५० नाइट्राभेट ट्याव्लेट सहित ६ जनालाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

काठमाडौं महानगर १६ स्थीत दलाछी टोलमा रहेको सोलुखुम्वु घर भएका लाक्पा शेर्पाको डेराबाट उक्त नियन्त्रित लागू औषध र रु ४ लाख १७ हजार नगद बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विकास राज खनालले जानकारी दिए। 

No description available.

शेर्पालाई पक्राउ गरि थप अनुसन्धान गर्दा भारत घर भएका फैज अहमद, धनुषाका अयान रेजा, जाकिर नदाफ, काभ्रेका दिपक तामाङ र नुवाकोटका लक्ष्मण बखतीलाई पक्राउ गरिएको व्युरोले जनाएको छ । त्यस्तै व्युरोले त्रिभुवन विमानस्थलबाट थाईलाईन एयरलाईन्सको उडानद्वारा थाइल्याण्ड जान लागेका चार जना थाई नागरिकहरुलाई चेकजाँच गर्ने क्रममा २३ किलो ८ ग्राम लागू औषध चरेश सहित पक्राउ गरिएको व्युरोका प्रमुख खनालले बताए। 

त्यस्तै व्युरोले काठमाडौंको सिनामंगलबाट ३९ ग्राम खैरो हिरोइन सहित रोशन रिसाल र अमित श्रेष्ठलाई पक्राउ गरेको छ भने १२ ग्राम खैरो हिरोइन सहित कोटेश्वरबाट १ जनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।

प्रकाशित मिति: २१:४९ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्