Kathmandu Press

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग

काठमाडौं, फागुन २ : नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन माग गरेको छ । 

आज अनेरास्ववियुका महासचिव आरती लामाले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै ५० प्रतिशत महिला सहभागी गराउन माग गरेकी हुन्। ज्ञापनपत्रमा संविधानले हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरेको उल्लेख गर्दै स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला अनिवार्य सहभागी गराउन भनिएको छ । 

त्रिविले आगामी चैत ५ गते त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गरिन थालिएको हो।

No photo description available. 

प्रकाशित मिति: २१:३१ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्