Kathmandu Press

पूर्वगृहमन्त्री खाणसँग भारतीय विदेश सचिवको भेट

त्यस्तै कांग्रेस नेतासमेत रहनु भएका पूर्वगृहमन्त्री खाणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् ।
पूर्वगृहमन्त्री खाणसँग भारतीय विदेश सचिवको भेट

काठमाडौ, फाल्गुन २ : नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले भेटघाट गरेका छन् । काठमाडौँमा भएको भेटमा दुई देशको आपशी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको छ ।

त्यस्तै कांग्रेस नेतासमेत रहनु भएका पूर्वगृहमन्त्री खाणले विदेशसचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए । त्यस्तै पूर्वगृहमन्त्री खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गरे ।

त्यस्तै थप हवाइ रुट दिन पहल गरिदिन पनि आग्रह गरे । मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाइ रुटबारे पहल गर्ने आश्वासन दिएका थिए । खाणले त्यसबारे पुनः मोदीलाई सम्झाउन र पहल गर्न आग्रह गरेका थिए । 

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्