Kathmandu Press

पूँजीको अभावलाई समाधान गर्न सरकारले पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

मंगलबारदेखि काठमाडौंमा नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।
पूँजीको अभावलाई समाधान गर्न सरकारले पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं, फाल्गुन २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् । 

मंगलबारदेखि काठमाडौंमा नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले लामो समयदेखिको अस्थिरता तथा महामारीका कारण बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले लघु घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनकर्जा प्राप्त गर्ने वातावरण बनाइने बताए  । कृषिलाई व्यवसायिक र औद्योकिरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विशेष प्राथमिकता दिने उनले बताए । 

त्यस्तै प्रधानमन्त्री प्रचण्डले गुणस्तरीय वस्तुको उत्पादन, निर्यात बढाउने र आयात प्रतिस्थापन गर्नेतर्फ राज्यले उचित व्यवस्था मिलाउने बताए । पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगीहरू ठूलो मारमा परेको भन्दै उनले यसका लागि राज्यले विशेष आर्थिक प्याकेज सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने धारणा राखे । अहिले मुलुकको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन खोजिएको भन्दै यसमा सवैको साथ आवश्यक रहेको उनको भनाइ छ । 

स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हरेक वर्ष आयोजना गर्दै आएको मेला फाल्गुन ६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ । प्रदर्शनीको मुख्य नारा नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं र मिहनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको रहेको आयोजकले जनाएको छ । 
 
प्रकाशित मिति: १८:०२ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्