देश बर्बाद पार्न विभिन्न शक्ति सक्रिय छन्, पहिलो प्रहार एमालेमाथि हुनसक्छ : ओली
मंगलबार काठमाडौंमा पार्टी निकट अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशलाई बर्बाद पार्न बिभिन्न शक्तिहरु सक्रिय रहेको र त्यसको पहिलो प्रहार एमाले माथि हुनसक्ने बताए।
काठमाडौं, फागुन २ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुले देश बर्बाद पार्न खोजेको बताएका छन् ।
मंगलबार काठमाडौंमा पार्टी निकट अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशलाई बर्बाद पार्न बिभिन्न शक्तिहरु सक्रिय रहेको र त्यसको पहिलो प्रहार एमाले माथि हुनसक्ने बताए।
ओलीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउनु सफलताको कुरा भएको भन्दै उनले एमालेसंग बहुमत नरहेको अवस्थामा यो स्थीति नफेरिएला भन्न नसकिने धारणा राखे । उनले मुलुकमा स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको र संसद्को बनावट नै अस्थिरताको कारक बनेको जिकिर गरे।
ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कहिल्यै गलत हुन सक्ने धारणा राखे । त्यस्तै उनले पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा तल्लो तहसम्म एमालेको संगठन क्रियाशिल हुने बताए। आगामी स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पस अनेरास्ववियुमय बनाउन उनले निर्देशन दिए।
ओलीले काम, बिचार बिनम्रताबाट अनेरास्ववियुको पहिचान स्थपित गर्न पनि सुझाव दिए।