Kathmandu Press

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक 

कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् भने जारी लिग २ मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । 
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक 

काठमाडौं, फागुन २ : नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेललेले एकदिवसीय अन्तरांष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाएका छन् । सोमबार आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदानमा नामिबियाविरुद्धको खेलमा भूर्तेलले पहिलो सतक बनाएका हुन् । 

उनले खेलको ४१ औं ओभरमो अन्तिम बलमा सिंगल रन लिँदै अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा पहिलो शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा कुशलले ९९ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । 

अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा कुशलको उच्च स्कोर ८४ रन थियो । कुशल भुर्तेल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् भने जारी लिग २ मा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । 

ओडिआईमा नेपालबाट व्यक्तिगत उच्च स्कोर भने रोहितको नाममा छ । उनले गत वर्ष मार्चमा टीयू मैदानमै पपुवा न्यु गिनी विरुद्ध १२६ रन बनाएका थिए ।

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्