Kathmandu Press

नामिवियाले नेपाललाई दियो २८६ रनको लक्ष्य, करणले लिए ५ विकेट 

नामिवियाले नेपाललाई दियो २८६ रनको लक्ष्य, करणले लिए ५ विकेट 

काठमाडौं, फागुन २ : आइसीसी विश्वकप क्रिकेट लिग टु को पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित पचास ओभरमा अल आउट हुँदै २८५ रनको योगफल बनाएको हो ।

नामिबियाका लागि भान लिंगेनले शतकीय पारी खेले । उनले १३७ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १३३ रन बनाए । 

कप्तान एरासमसले अर्धशतकीय पारी खेले । उनले   ७९ बलमा २ चौकार ३ छक्का प्रहार गर्दै ५६ रन बनाए । त्यस्तै जान ग्रीनले ३४, जान फ्रांकलिनले १३ र जान निकोल लोफ्टी एटोनले ८ रन बनाउँदा पिक्की या फ्रान्स २ रनमा आउट भए । 

नेपालका लागि  करण केसीले सर्वाधिक ५ विकेट लिए । दस ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ६१ रन खर्चिए । 

त्यस्तै सन्दीप लामिछानेले ३ विकेट लिँदा ६६ रन खर्चिए भने सोमपाल कामी र कुशल मल्लले समान एकएक विकेट लिए । 

प्रकाशित मिति: १३:३१ बजे, मंगलबार, फागुन २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्